ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपालले आज नेदरल्यान्ड्सविरूद्ध पहिलो खेल खेल्दै

टी-२० विश्वकप

नेपालगाथा २०८१ जेठ २२ गते मंगलबार ०८:१३:२० मा प्रकाशित

काठमाडौं । आइसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपालले आज राति सवा नौ बजे नेदरल्यान्ड्सविरूद्ध आफ्नो पहिलो खेल खेल्दैछ। खेल अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा हुँदैछ । नेपालले १० वर्षपछि विश्वकप खेल्दैछ ।

नेपालले ११ जुनमा श्रीलंकाविरुद्ध फ्लोरिडामा दाेस्राे खेल खेल्नेछ भने दुई खेल वेस्ट इन्डिजमा खेल्नेछ ।  सेन्ट भिन्सेन्ट रंगशालामा १४ जुनमा दक्षिण अफ्रिकाविरुद्ध र १६ जुनमा बंगलादेशविरुद्ध नेपालले खेल्नेछ  ।

नेपाली टोली:
रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अभिनास बोहरा, सागर ढकाल, कमलसिंह ऐरी।

प्रतिक्रिया

सम्बन्धित खवर

Top