ट्रेण्डिङ

होमपेज / खेलकुद

टी-२० विश्वकपमा अमेरिकाे विजयी सुरुआत

नेपालगाथा २०८१ जेठ २० गते आइतबार १०:२८:०५ मा प्रकाशित

काठमाडौं । आइसीसी टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ । आज बिहान सम्पन्न भएकाे खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो ।

१९५ रनको बलियो लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । अमेरिकाका लागि एरोन जोन्सले ९४ र आद्रिज गोउसले ६५ रन बनाएका थिए ।

टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको थियो ।

क्यानडाका ओपनर नवनीत धालिवालले ४४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाए । निकोलस किर्टोनले ३१ बलमा ३ चौका र २ छक्कासहित ५१ तथा श्रेयस मोभ्भा १६ बलमा २ चौका र २ छक्कासहित ३२ रनको योगदान दिएका थिए ।

समूह ए मा क्यानडा, अमेरिका, आयरल्यान्ड, भारत र पाकिस्तान छन् । अब अमेरिकाले दोस्रो खेल ६ जुनमा पाकिस्तानसँग ग्राण्ड प्रेरीमा नै खेल्नेछ । क्यानडाले ७ जुनमा न्यूर्योकमा आयरल्यान्डसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top