ट्रेण्डिङ

होमपेज / खेलकुद

पहाडी भेगमा दौड प्रतियोगिता सम्पन्न

नेपालगाथा २०८१ जेठ १८ गते शुक्रबार १५:१२:१२ मा प्रकाशित

गाेबिन्द रावत, जुम्ला ।  मुगु जिल्लाको रारातालमा सुरु भएको चौथो रारा ट्रेल सेन्टर दौड प्रतियोगिता सम्पन्न भएकाे छ । नेपाली सेनाले आयोजना गरेकाे चौथो रारा ट्रेल सेन्टरको उपाधि जुम्लाकी राज्यलक्ष्मी रावल र मुगुका अक्कल बडुवालले हात पार्न सफल भएका छन् । पुरुषतर्फ बडुवाल र महिलातर्फ रावल बिजयी बनेका हुन् । 

पहाडको पर्यटकीय भूमिका साथै राराको आन्तरिक पर्यटन प्रबंधन क्षेत्र समेत देश विदेशमा प्रचार प्रसार भएको छ । रारातालको सौन्दर्यताको प्रचारप्रसारको लागि जुम्ला र मुगुका नेपाली सेनाले चार बर्षदेखि रारा ट्रेल रनको आयोजना गर्दै आइरहेको छ । हनुमान ध्वज गुल्मका गुल्मपति का अनुसार रारा ट्रेल रनमा महिला र पुरुष गरेर १ सय ९४ जनाले सहभागिता जनाएका थिए ।

जम्मा १ सय ६९ जना धावक लाई पछि पार्दै छायानाथ रारा नगरपालिका -१४ का अक्कल बडुवाल पहिलो बनेका हुन् । उनले १६ किलोमिटरको दुरी एक घण्टा २ मिनेट १० सेकेण्डमा पार गरे । जुम्ला कनकासुन्दरी गाउँपालिका ३ का शेरबहादुर बुढाले १ घण्टा २ मिनेट ११ सेकेण्ड दोस्रो र कनकासुन्दरी २ जुम्लाकै चन्द्र रावतले १ घण्टा २ मिनेट २१ सेकेण्ड लगाएर तृतीय स्थान हासिल गरेका थिए ।

यस्तै महिलातर्फ ३५ जना महिला धाविकाहरुलाई पछि पार्दै जुम्ला गुठिचौर गाउँपालिका ३ गज्याङ्गकोट गाउँकी राज्यलक्ष्मी रावल प्रथम भइन् । उनले निर्धारित दुरी १ घण्टा १४ मिनेट ३३ सेकेन्डमा पार गरिन् । जुम्ला पातारासी गाउँपालिका २ पेरेकी कल्पना बुढाले १ घण्टा १४ मिनेट ५२ सेकेण्ड द्वितीय र जुम्लाकै समिता बुढाले १ घण्टा १६ मिनेट ३१ सेकेण्ड लगाएर तेस्रो स्थान हात पार्न सफल भईन ।

उक्त रारा ट्रेल रनमा प्रथम,द्वितीय र तृतिय स्थानमा सफल हुने महिला तथा पुरुष तर्फका विजेता खेलाडीहरुलाई जनही क्रमश: ५० हजार,४० हजार,३० हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाण पत्र वितरण गरिएको छ ।

मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी,छायानाथ रारा नगरपालिकाका कार्यबहाक प्रमुख पदमराज मल्ल,जुम्ला हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाही र नेपाली सेना उत्तर पश्चिम पृथना उपरथी कृष्णदेव भट्टले पुरस्कार,प्रमाण पत्र र ट्रफी प्रदान गरेका थिए । रारा ट्रेल रनमा ५१ वर्षका राजाराम बुढा देखि १५ वर्षका दीपेन्द्र रावलसम्मले भाग लिएका थिए ।

उमेर बुढो भए पनि प्रकृति संग सामिप्यता गाँस्दै रमाउँदै दौडिनुको आनन्द छुटै आएको बताउँछ धाबक हरु प्रमुख जिल्ला अधिकारी केसीले रारा ट्रेल रनले कर्णाली प्राकृतिक सुन्दरताले मात्रै भरिपूर्ण नभइ खेल पर्यटनका हिसाबले वातावरणका हिसाबले समेत अनुकुल भएको सन्देश देश तथा विदेशमा फैलाइरहेको कुरा बताउँछन् ।

धेरै समय देखि दौड प्रशिक्षक र धाबकका रूपमा चिरपरिचित हरी रोकाया भन्नु हुन्छ पहाड एउटा दौडको हबको चिनाउने प्रयास गरिरहेको छु तन् मन र वचनले यो जिन्दगीले साथ सपोर्ट दिए सम्म लागिरहने छु ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top