होमपेज / खेलकुद
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । बिहीबार लामिछानेले तेस्रो पटक अन्तर्वार्ता दिएका थिए ।
परराष्ट्र मन्त्रालयले दूतावासलाई नोट पठाएपछि अन्तर्वार्ताका लागि बोलाए पनि उनलाई भिसा दिन अस्वीकार गरेको हो ।
यसपटक पनि भिसा अस्वीकार भएपछि उनले अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप खेल्ने बढेको छ ।
नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए ।