होमपेज / खेलकुद
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले दिएको भिसा आवेदन अस्वीकार गरेको अमेरिकी दूतावासले फेरि उनलाई अन्तर्वार्तामा बोलाएको छ ।
आज दिउसाे दूतावासले लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको हो ।
बलात्कार मुद्दामा हालै उच्च अदालतबाट सफाइ पाएका सन्दीपलाई नेपाल क्रिकेट संघले नेपाली टिमबाट खेल्न अमेरिका पठाउने प्रक्रिया अघि बढाएको थियो ।
तर दूतावासले अरु खेलाडीको भिसा आवेदन स्वीकार गरे पनि लामिछानेलाई रोक लगाएको थियो ।