ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपालले आज क्यानडासँग पहिलो औपचारिक अभ्यास खेल खेल्दै

नेपालगाथा २०८१ जेठ १४ गते सोमबार १०:४६:०४ मा प्रकाशित

काठमाडौँ । नेपालले आज पहिलो औपचारिक अभ्यास खेल खेल्दैछ । आईसीसी टी–२० विश्वकप क्रिकेटको अन्तिम तयारीमा रहेको नेपाली टोलीले पहिलो अभ्यास खेल क्यानडासँग खेल्ने भएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले  विश्वकप सुरु हुनुअघि सहभागी राष्ट्रहरूले दुई–दुईवटा अभ्यास खेल खेल्ने व्यवस्था मिलाएको छ । साेहि अनुसार नेपाल र क्यानडाबिचको अभ्यास खेल्न लागेको हो । खेल राति ९ः१५ बजे सुरु हुने छ ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिस जीसी, सन्दीप जोरा, अविनाष बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

 क्यानडाको टोलीमा साद बिन जाफर (कप्तान), एरोन जोन्सन, रविन्दरपाल सिंह, नवनित धालिवाल, कलिम साना, डिलोन हेलिगर, जेरेमी गोर्डन, निखिल दत्त, परगत सिंह, निकोलस किर्तन, रेयान खान पठान, जुनैद सिद्धकी, दिलप्रित बाजवा, श्रेयष मोभा र रिसिभ जोशी रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top