ट्रेण्डिङ

होमपेज / खेलकुद

मुम्बइ अन्तिम खेलमा लखनउसँग पराजित

नेपालगाथा २०८१ जेठ ५ गते शनिबार १२:०८:१० मा प्रकाशित

काठमाडौं । आईपीएलको लिगचरणबाट बाहिरिसकेको मुम्बइ इन्डियन्स अन्तिम खेलमा लखनउसँग पनि पराजित भएको छ ।

घरेलु मैदान वानखेडेमा शुक्रबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सले मुम्बइलाई १८ रनले पराजित गरेको हो ।

लखनउले दिएको २१५ रनको लक्ष्य पछ्याएको मुम्बइले ६ विकेट गुमाएर १९६ रनमात्रै बनायो । ओपनर रोहित शर्माले ६८ र नमन धिरले ६२ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।

यसअघि  लखनउले ६ विकेट गुमाएर २१४ रन बनाएको थियो । निकोलन पुरनले २९ बलमै ७५ रनको महत्वपूर्ण पारी खेले भने केएल राहुलले ५५ रनको योगदान गरे । मार्कस स्टोइनिसले २८ र आयुष बडोनीले २२ रन थपे ।

मुम्बइका लागि नुवान थुसारा र पियुष चावलाले समान तीन/तीन विकेट लिए ।

यो हारसँगै मुम्बइ अंकतालिकाको पुछारमा रहँदै लिग चरणबाट बाहिरिएको छ भने लखनउ छैटौं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top