होमपेज / खेलकुद
सुर्खेत । कर्णाली हाफ म्याराथनको पुरुषतर्फकाे उपाधि नेपाली सेनाका नरेन्द्र रावल र महिलातर्फकाे उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) की पुष्पा भण्डारीले जितेकी छन् ।
वीरेन्द्रनगर सुर्खेतमा शनिबार बिहान भएको प्रतियोगितामा नेपाली सेनाका रावत र एपीएफकी भण्डारी सँगै नेपाली सेनाकै रामजी बस्नेत दोस्रो र श्रीकश राई तेस्रो भएका छन् । सशस्त्र प्रहरी बल एपीएफका राजन चौधरी चौथो भएका छन् ।
महिलातर्फ नेपाली सेनाकी सिर्जना पाण्डे दोस्रो र जुम्लाकी राज्यलक्ष्मी रावत तेस्रो भएकी छन् ।
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रतियोगितामा विजयी हुनेहरूलाई पुरस्कार वितरण गर्नुभयाे ।