ट्रेण्डिङ

होमपेज / खेलकुद

वेष्ट इण्डिज 'ए' लाई हराउँदै नेपाल विजयी

नेपालगाथा २०८१ बैशाख २२ गते शनिबार १५:४६:४३ मा प्रकाशित

काठमाडौँ । टी–२० खेलकाे अन्तिम तथा पाचाैं खेलमा वेष्टइण्डिज 'ए' लाई  ६ विकेटले हराउँदै नेपालले जित हात पारेको छ । पाँच खेलको सिरिजमा भने वेष्टइण्डिजले ३/२ ले जित्न सफल भयो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिज 'ए' लाई ६ विकेटले पराजित गरेको हो ।

यसअघि नेपालले पहिलो खेल जिते पनि लगातार तीन खेलमा पराजय भोगेको थियो ।

शनिबारको खेलमा १ सय ७३ रनको लक्ष्य नेपालले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि आशिफ शेखले ५१ रन बनाए । अनिल साहले ५८ रनको योगदान गरे र कुशल मल्लले ३७ रन बनाए ।  

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज 'ए' ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन बनायो ।

वेस्ट इन्डिज 'ए' का लागि कप्तान रोस्टन चेजले ३३ रन तथा जोनसन चार्ल्सले २४ रन बनाए । म्याथ्यु फोर्डले २३ रन तथा एलिस अथानेजले ४२ रन जोडे ।

नेपालका लागि सागर ढकालले ३ तथा सोमपाल कामीले ३ र अविनाश बोहराले १ विकेट हात पारे । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top