ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपाललाई वेस्ट इन्डिज ‘ए’ काे १७३ रनकाे लक्ष्य

नेपालगाथा २०८१ बैशाख २२ गते शनिबार १४:०४:०६ मा प्रकाशित

काठमाडौं । वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई टी–२० खेलकाे अन्तिम खेलमा १ सय ७३ रनको लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको हो ।

बलिङमा नेपालका सागर ढकाल र सोमपाल कामीले ३/३ विकेट लिए । सोमपालले एकैओभरमा दुई विकेट लिएका हुन् । अभिनाश बोहोराले एक विकेट लिए ।

वेष्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जले सर्वाधिक रन बनाए । अथान्जे ३५ रनमा अविजित रहे । रोस्टन चासेले ३३ र जोनसन चाल्र्सले २४ रन बनाएर आउट भए । फाबिएन एलेन ३३ रनमा अविजित रहे ।

वेष्ट इन्डिज ‘ए’ले सिरिजको उपाधि जितिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top