होमपेज / खेलकुद
काठमाडौं । टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ । नेपालका सागर ढकालले तेस्रो सफलता दिलाएका हुन् । यसअघि उनले नै पहिलो र दोस्रो सफलता दिलाएका थिए । उनले आठौं ओभरको पहिलो र तेस्रो बलमा विकेट लिएका हुन् ।
जोनसन चाल्र्सलाई २४ रन र मार्क डेयाललाई ११ रनमा आउट गरे । यसअघि दोस्रो ओभरको चौथो बलमा सागर ढकालले वेस्ट इन्डिज ‘ए’ का कडिम अलेइनलाई ५ रनमा आउट गरेका थिए ।
अहिले ११ ओभरकाे खेलमा ३ विकेट गुमाउँदै वेस्ट इन्डिज ‘ए’ ले ८४ रन बनाएर खेलिरहेकाे छ ।