होमपेज / खेलकुद
काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ । आज भएकाे चौथो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई २८ रनले पराजित गरेको हो ।
वेस्ट इन्डिज ए ले दिएको २ सय १० रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा अल आउट हुदै १ सय ८१ रन बनाएको थियो ।
वेस्ट इन्डिज एले चौथो खेलमा २ सय १० रनको लक्ष्य दिएको थियो। नेपालले २० ओभरमा अल आउट हुदै १ सय ८१ रन बनाएको थियो ।
नेपालका कप्तान रोहित पौडेलले ८२ रन लिए । सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी र गुलशन झाले १९/१९ रन लिए । अविनाश बोहोराले १७ र सोमपाल कामीले १० रन लिए । बलर कुशल भुर्तेलले २ विकेट लिए भने प्रतिस जिसीले एक विकेट लिए ।
वेस्ट इन्डिज ए का बलर माथ्युज फोर्डले ३ विकेट लिए भने फाबियन एलेन, गुडाकेश मोती र हेडेन वाल्शले २-२ विकेट लिएका थिए । आन्द्रे फ्लेचरले ८४ रन लिए । जोन्सन चार्लेजले ५८ रन लिए त्यसैगरी फाबियन एलेनले ३३ रन लिए ।