होमपेज / खेलकुद
काठमाडौं । टी-२० सिरिजको तेस्रो खेलमा वेस्टइन्डिज ‘ए’सँग नेपाल पराजित छ । नेपाललाई वेस्टइन्डिज ‘ए’ ले ७६ पराजित गरेको हाे ।
नेपालका करण केसीले २८ रन बनाए । विनोद भण्डारी १५ बलमा ४ चौकासहित १९, अनिल शाह १४, आरिफ शेख ३, कुशल मल्ल २०, गुलशन झा ६, विवेक यादव ३ र दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए ।
वेस्टइन्डिजका लेग स्पिनर हायडन वाल्सले ४ ओभरमा २८ रनमा ३ विकेट बनाए । गुडाकेश मोतीले ४ ओभरमा २८ रनमा २ विकेट बनाए । ओबेद म्याककोय, म्याथ्यु फर्ड र फबिएन एलेनले १-१ विकेट बनाए।
योसँगै वेस्ट इन्डिज ‘ए’ ले ५ खेलको टी–२० सिरिजमा २–१ को अग्रता लिएको छ।