ट्रेण्डिङ

होमपेज / खेलकुद

वेस्ट इन्डिज ए सँग नेपाल पराजित

नेपालगाथा २०८१ बैशाख १६ गते आइतबार १६:२७:४४ मा प्रकाशित

काठमाडौं ।  वेष्ट इण्डिज ए ले दोस्रो टी-२० खेलमा ए ले नेपाललाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा वेस्ट इन्डिज 'ए' ले नेपाललाई १० रनले पराजित गरेको हो ।

वेस्ट इन्डिज ए ले नेपाललाई दिएको १ सय ६१ रनको लक्ष्य पछाएर २० ओभरमा ९ विकेट गुमाउदै १ सय ५० रन बनाएको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउदै १६० रन बनाएको थियो।

नेपालका लागि कप्तान रोहित पौडेलले ७१ रन बनाएपनि जितका लागि पुरा भएन । लोकेश बमले १७ र आरिफ शेखले १२ रन लिए । गुल्सन झाले ११ बलमा ३ चौका र २ छक्का हिर्काउँदै २६ रन लिएर आउट भए ।

वेस्ट इन्डिज 'ए' का लागि गुडाकेस मोटी र ओवेद म्याककोयले २-२ तथा ओसाने थोमस र रोस्टन चेजले १-१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज 'ए' निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६० रन लिए ।

वेस्ट इन्डिज 'ए' का लागि आन्द्रे फ्लेचरले ४३, कप्तान रोस्टन चेजले २३ रन, जोनसन चार्ल्सले ११ तथा केसी कार्टीले १० रन लिए । गुडाकेस मोटीले ३३ रन लिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top