होमपेज / खेलकुद
काठमाडौं । टि–२० सिरिजको दोस्रो खेलमा वेष्ट इण्डिज एले नेपाललाई १ सय ६१ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको वेष्ट इण्डिजले सात विकेटका क्षतिमा १ सय ६० रन बनाएको हो ।
वेष्ट इण्डिज एका लागि आन्द्रे फ्लेचरले ४३ रन लिए । गुडाकेश मोटीले ३३ कप्तान रोस्टन चेसले २३, म्याथ्यु फोर्डले ११, जोनसन चार्ल्सले ११, केसी कार्टीले १० रन लिए ।
नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले २–२ विकेट लिए । सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।