ट्रेण्डिङ

होमपेज / खेलकुद

वेष्ट इन्डिज ‘ए’ हराउदै  नेपाल विजयी

नेपालगाथा २०८१ बैशाख १५ गते शनिबार १६:२५:१९ मा प्रकाशित

काठमाडौं । पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित गरेको छ ।  ५ खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले वेष्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको छ ।

वेष्ट इन्डिज ‘ए’ ले दिएको २०५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले १ सय १२ रनको शतक लिएका थिए । उनले ५४ बलमा १० चौका र ६ छक्का हानेका थिए ।

 दीपेन्द्रसिंह ऐरी २४, कुशल मल्ल १६, कुशल भुर्तेल १६, विवेक यादव ७ र अनिलकुमार साह ५ रनमा आउट भए ।

गुल्शन झा ९ र प्रतिश जीसी ५ रन लिए ।  प्रतिश र गुल्शनले पहिलो र दोस्रो ओभरमा एकएक लिए । तेस्रो र चौथो बलमा गुल्शनले लगातार चौका हाने  ।

वेष्ट इन्डिज ‘ए’ काे कप्तान रोस्टन चेजले  ४६ बलमा ७४ रन बनाए । उनले केसी कार्टीसँग चौथो विकेटका लागि ६० रन र कडिम एलेनसँग पाँचौं विकेटका लागि ५७ रनको साझेदारी गरे । कार्टीले ३८, आन्द्रे फ्लेचर १३, जोन्सन चार्ल्स शून्य रनमा आउट भए ।

रोहितको शानदार शतकमा नेपाल विजयी

 

पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित गरेको छ । शनिबार त्रिवि खेल मैदानमा भएको खेलमा नेपाल ४ विकेटले विजयी बनेको हो ।

नेपालसामु वेस्ट इन्डिजले जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य पछ्यायो । 

नेपालका लागि कप्तान रोहित पौडेलले शानदार शतकीय पारी खेले । उनले सर्वाधिक १ सय १२ रन बनाए । उनले ५४ बलमा १० चौका र ६ छक्का हिर्काए ।

दीपेन्द्र सिंह ऐरीले १८ बलमा २४ रनको योगदान दिए । उनले यस क्रममा २ चौका र १ छक्का हिर्काए । कुशल भुर्तेल र कुशल मल्लले १६–१६ रन बनाए । 

खेलको अन्त्यमा गुल्सन झाले दुई चौका हिर्काउँदै टोलीलाई जितसम्म डोर्‍याए । वेस्ट इन्डिजका लागि म्याथ्यु फोर्डे र ओबेड म्याकोयले २–२ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रन बनाएको थियो । पाहुना टोलीका लागि कप्तान रोस्टन चेसले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४६ बलमा ९ चौका र २ छक्का हिर्काए । 

त्यस्तै, ओपनर एलिक अथानाजेले २५ बलमा ४७ रनको शानदार इनिङ्स खेले । उनले यस क्रममा ५ चौका र ३ छक्का हिर्काए । किसी कार्टीले २६ बलमा ३८ रन बनाए । उनले २६ बलमा २ चौका र ३ छक्का प्रहार गरे । नेपालका लागि अविनाश बोहरा, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र कमल ऐरीले १–१ विकेट लिए ।

शृङ्खलाको दोस्रो खेल आइतबार खेलिने छ । तेस्रो खेल मे १ तारिखमा खेलिने छ । चौथो खेल मे २ तारिखमा र पाँचौँ खेल मे ४ तारिखमा खेलिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top