ट्रेण्डिङ

होमपेज / खेलकुद

वेस्टइन्डिज ए विरुद्ध फिल्डिङ गर्दै नेपाल

नेपालगाथा २०८१ बैशाख १५ गते शनिबार १२:४१:०३ मा प्रकाशित

काठमाडौं । टी-२० सिरिज अन्तर्गत पहिलो खेलमा टस जितेर पहिला वेस्टइन्डिज ए विरुद्ध नेपालले फिल्डिङ गर्ने भएकाे छ ।  त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालसँग खेल्न पहिलो पटक वेस्ट इन्डिज टोली नेपाल आएको हो । वेष्ट इण्डिज ‘ए ले अनुभवी खेलाडी रोस्टन चेसको कप्तानीमा १५ सदस्यीय बलियो टोली घोषणा गरिसकेको छ । टोलीमा ३ जनाबाहेक सबैसँग सिनियर टोलीबाट खेलेको अनुभव छ ।

नेपालक तर्फबाट रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह,  गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी,अभिनास बोहरा, आकाश चन्द, आरिफ शेख, कमलसिंह ऐरी, लोकेश बम, विनोद भण्डारी र सागर ढकाल छन् ।

वेस्ट इन्डिजतर्फबाट रोस्टन चेज  एलिक एथानाज, फेबियन एलेन, कादिम एलीन, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोए, गुडाकेश मोती, किमो पल, ओशान थोमस, हेडेन वाल्श छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top