ट्रेण्डिङ

होमपेज / खेलकुद

हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

नेपालगाथा २०८१ बैशाख ३ गते सोमबार १६:२५:०४ मा प्रकाशित

काठमाडौँ ।  नेपाले ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेकाे छ । समूह चरणमा अझै एक खेल खेल्न बाँकी छँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।

समूह 'ए' अन्तर्गत आज हङकङलाई ८ विकेटले पराजित गर्दै नेपाल एक खेलअगावै अन्तिम चारमा पुगेको हो । नेपालले यसअघिका दुवै खेल जितेको थियो ।

आजको खेलमा १ सय १५ रनको लक्ष्य नेपालले १२ ओभर २ बलमा २ विकेट क्षतिमा हासिल गरेको हो 

नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । ललित राजवंशीले र दिपेन्द्र सिंह ऐरीले २– २ विकेट लिए ।

यस्तै, करण केसीले १  विकेट लिए । हङकङका लागि अंशुमन रथले सर्वाधिक ३४ रन बनाए । जीसान अलीले १४, निजाकत खानले १२ र एहसान खानले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top