ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपालले हङकङविरुद्ध फिल्डिङ गर्दै

नेपालगाथा २०८१ बैशाख ३ गते सोमबार १३:०९:५४ मा प्रकाशित

काठमाडौं । ओमनमा जारी एसीसी प्रिमियर कपमा नेपालले हङकङविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।  नेपालले टस जितेर हङकङले पहिले ब्याटिङ गर्ने भएको हो । 

ओमनको अल अमरेत क्रिकेट–१ मा हङकङविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

खेल नेपाली समयअनुसार, बिहान ११ः ४५ बजे सुरु हुने भनिए पनि वर्षाका कारण निर्धारित समयमा खेल हुन नसकेपछि ओभर घटाएर खेल खेलिने भएको हाे । नेपाल र हङकङबिचको खेल १८ ओभरको हुने छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top