होमपेज / खेलकुद
काठमाडौं । एसीसी प्रिमियर लिगमा नेपालले मलेसियालाई ५ विकेटले हराएकाे छ । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गरेका थिए । ब्याटिङमा संघर्ष गरेको नेपाललाई गुल्शन झाले साहसिक फिनिसिङ गर्दै जितसम्म पुर्याए ।
ओमानको अल अमेरत क्रिकेट ग्राउन्डमा भएको खेलमा मलेसियाले टस जितेर ब्याटिङ रोजेको थियो । नेपाली बलरहरुले कसिलो बलिङ गर्दै मलेसियालाई १४३ रनमा रोक्न सफल भए । मलेसियाले ३ विकेट मात्र गुमाए पनि ठूलो स्कोर बनाउन सकेन । दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा केवल १४ रन खर्चेर २ विकेट लिएका थिए ।
स्लो पिचमा १४४ रनको सामान्य लक्ष्य पनि नेपाललाई भारी भएको थियो । नेपाली ओपनरहरुले पहिलो विकेटका लागि ४९ रनको बलियो साझेदारी गरे, तर रनगति उकास्न सकेनन् । फलतः पछि आउने ब्याट्सम्यानहरुलाई दबाब भयो ।