ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपालले जित्यो भारतमा आयोजित एसएमएस फ्रेन्डसीप कप क्रिकेटको उपाधि 

नेपालगाथा २०८० चैत्र २५ गते आइतबार १८:४५:५२ मा प्रकाशित

काठमाडौं। नेपालले भारतमा आयोजित एसएमएस फ्रेन्डसीप कप क्रिकेटको उपाधिकाे फाइनलमा गुजरातलाई १८ रनले पराजित गरेकाे छ । एक सय ७७ रनको लक्ष्य पाएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ५८ रन मात्र जोड्न सक्यो।

नेपालका अविनाश बोहराले ३ र दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए। प्रतियोगितामा नेपाल तथा भारतको बारोडा र गुजरात टोली सहभागी थिए। नेपाल अब एसिसी प्रिमियर कप खेल्न ओमान प्रस्थान गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top