ट्रेण्डिङ

होमपेज / खेलकुद

टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल ‘ए’

नेपालगाथा २०८० चैत्र २३ गते शुक्रबार ११:४५:१३ मा प्रकाशित

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा नेपाल ‘ए’ले दोस्रो एकदिवसीय क्रिकेट आज आयरल्यान्ड ‘ए’सँग टस जितेर पहिला फिल्डिङ गदैँ छ । नेपालका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो । तीव्र गतिका बलर कमलसिंह ऐरीले ह्याट्रिकसहित चार विकेट लिएपछि आयरल्यान्ड १५७ रनमा अल आउट भएको थियो । तर म्याथ्यु हम्फ्रेजले ५ र लियाम म्याकार्थीले ४ विकेट लिएपछि नेपाल १३६ रनमा अलआउट भएको थियो ।

नेपाल ‘ए’को टिममा विनोद भण्डारी (कप्तान), देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शाहब आलम, रिजन ढकाल र मौसम ढकाल छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top