होमपेज / खेलकुद
काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले ३८ दशमलव ३ ओभरमा आयरल्याण्डलाई अलआउट गर्दै १५८ रनको लक्ष्य पाएको छ ।
नेपालका लागि कमलसिंह ऐरीले ह्याट्रिक विकेट लिए । उनले ह्याट्रिकसहित ४ विकेट लिएका हुन् । यस्तै शहाव आलम र मौसम ढकालले २-२ विकेट लिए । रिजन ढकालले एक विकेट लिए ।