ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपाललाई गुजरातले ९९ रनको लक्ष्य दियो

नेपालगाथा २०८० चैत्र १८ गते आइतबार १७:२९:३६ मा प्रकाशित

काठमाडौं। त्रिकोणात्मक टी–२० सिरिज फ्रेन्डसिप कपमा गुजरातले नेपाललाई ९९ रनको लक्ष्य दिएको छ । साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा टस हारेर पहिला ब्याटिङको गरेकाे  गुजरात १८.२ ओभरमा ९८ रनमा अल आउट भयो ।

गुजरातका रुद्र पटेलले  २३ रन लिए हेमंग पटेलले २०, सरल प्रजापतिले १७ रन र अभिषेक देसाईले ११ रन लिएका थिए ।

नेपालका बलर गुलशन झाले  ४ विकेट लिए  करण केसीले ३ र सोमपाल कामीले एक विकेट लिएका थिए  ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top