होमपेज / खेलकुद
काठमाडौं । टी-२० सिरिज फ्रेन्डसिप कप गुजरातसँगकाे खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।
साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा गुजरातविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निणर्य लिएका हुन् ।
नेपालसहित भारतका दुई स्टेट टीम गुजरात र बरोडाले त्रिकोणात्मक टी–२० सिरिज खेल्नेछन् । सिरिज डबल राउन्ड रोबिनमा हुनेछ ।
नेपालका लागि रोहित पौडेल आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी र अभिनाश बोहरा छन्।