होमपेज / खेलकुद
काठमाडौं। टी–२० सिरिजको पहिलो खेलमा नेपाल ‘ए’आयरल्यांड ‘ए’सँग पराजति गरेको भएकाे छ । आज त्रिवि क्रिकेट मैदानमा भएको टी-२० मा नेपाल ‘ए’लाई २१ रनले पराजित गरेको हो । आयरल्याण्ड ‘ए’ले दिएको २२३ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा २०१ रन बनायो।
लोकेश बमले ब्याटिंग गर्दै ५५ बलमा १०६ रन बनाएर आउट भए। आरिफ सेखले ४९ रन लिए। नेपालले आफ्ना पछिल्ला ७ विकेट १२ रन बनाएर गुमाएपछि खेल हारेको हाे।
१६ चैत, काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’ले पहिलो जित हात पारेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको टी-२० मा नेपाल ‘ए’लाई २१ रनले पराजित गरेको हो ।
२२३ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम ३ बल खेल्नु अगाडि नै सबै विकेट गुमाएर २०१ रन बनायो । नेपालका लागि ओपनर लोकेश बमले १०६ रन बनाएका थिए ।
लोकेश र आरिफ शेखले उत्कृष्ट साझेदारी गरेपछि नेपाल १८९/३ को अवस्थामा थियो । तर १३ रन जोड्दा ७ विकेट गुमायो । १६औं ओभरको अन्तिम बलमा बमलाई गुमाएको नेपालले एकपछि अर्को विकेट गुमाएको थियो ।
शेख अर्धशतक बनाउन चुके ।
यसअघि पहिले ब्याटिङ गरेको आयरल्याण्ड ए ले २० ओभरमा ५ विकेट गुमाएर २२२ रन बनाएको थियो ।