होमपेज / खेलकुद
सुर्खेत । कर्णाली प्रदेश टेबल टेनिस संघ सुर्खेतको चैत्र १५ गते सम्पन्न भएको प्रथम प्रदेश अधिवेशनबाट अध्यक्षमा देविराम देवकोटा (कालिकोट) र वरिष्ठ उपाध्यक्षमा मनिष गहतराज (सुर्खेत) निर्विरोध निर्वाचित भएका छन् । यसै गरी संघकाे उपाध्यक्षमा राजिव महर्जन (सल्यान), सचिवमा हिक्मतबहादुर मल्ल (सुर्खेत), कोषाध्यक्षमा दिपक खड्का (दैलेख) निर्विरोध चयन भएका हुन् । यसैगरी सस्यहरुमा सेवक शर्मा (रूकुमपश्चिम), कमला खड्का भारती (सुर्खेत) र हृदय रिमाल (सुर्खेत) रहेका छन् ।
सुर्खेतमा जिल्ला खेलकुद विकाश समिति सुर्खेतका सदस्य सचिव जगत प्यकुरेलको अध्यक्षता र कर्णाली प्रदेश खेलकुद बिकास परिषद वोर्ड सदस्य टक्क बहादुर शाहीको प्रमुख आतित्थतामा सम्पन्न भएकाे कार्यक्रममा कर्णाली प्रदेशलाई खेलकुदमा कन्द्रीयस्तरसम्म चिनाउनका लागि संघले काम गर्ने बताइएकाे छ । संघकाे आफ्नै भौतिक संरचना बनाउने र खेलाडि उत्पादन गर्ने पहिलाे प्रथामिकता रहेकाे वरिष्ठ उपाध्यक्ष गहतराजले नेपालगाथालाई बताए ।
