ट्रेण्डिङ

होमपेज / खेलकुद

आज आयरल्याण्ड 'ए' र नेपाल बिच खेल हुँदै

नेपालगाथा २०८० चैत्र १२ गते सोमबार १०:४९:४८ मा प्रकाशित

काठमाडौं । आज त्रिवि मैदानमा  दिउँसो १ बजे नेपालको सिनियर टिमले आयरल्याण्ड ‘ए’ सँग खेल्ने भएकाे छ । आइसिसी टी-२० विश्वकपको तयारीमा रहेको नेपालले अभ्यास खेलमा आज आयरल्याण्डसँग खेल्ने भएकाे हाे ।

यही टिमसँग भोलि नेपालको सिनियर टोलीले पनि त्रिवि मैदानमा टी-२० खेल खेल्नेछ।

आज आयरल्याण्डसँग रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह,  गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी,अभिनास बोहरा, आकाश चन्दले खेल्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top