होमपेज / खेलकुद
काठमाडौं ।आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिप महिलातर्फको दोस्रो सेमिफाइनलमा चन्द्रागिरी न्युडाइमण्डलाई ३–० को सोझो सेटले हराउँदै एभ्रेष्ट क्लब फाइनल प्रवेश गरेको छ ।
पुलिसले आज भएको पहिलो सेमिफाइनल खेलमा एपिएफ क्लबलाई ३–१ ले पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ । शुक्रबार न्युडाइमण्ड र एपिएफ क्लबबिच तेस्रो स्थानका लागि खेल हुनेछ ।
एभ्रेष्टले यो जितसँगै फाइनलमा पुलिससँगको भेट पक्का गरेको छ । फाइनल खेल शनिबार पुलिस र एभ्रेष्ट क्लबबिच हुनेछ ।
यस्तै पुरुष तर्फ आज दुई क्वाटरफाइनलका खेलहरु हुनेछन् । जसमा तेस्रो क्वाटरफाइनलमा पुलिस र कोशी प्रदेश भिड्नेछन् भने चौथो क्वाटरफाइनलमा त्रिभुवन आर्मी र सुदुरपश्चिम क्लब भिड्नेछन् ।