ट्रेण्डिङ

होमपेज / खेलकुद

त्रिदेशीय टि–२० सिरिजमा नेपाल फाइनलमा

नेपालगाथा २०८० फाल्गुण २९ गते मंगलबार ११:१२:३१ मा प्रकाशित

काठमाडौं । त्रिदेशीय टि–२० क्रिकेटमा नेपाल फाइनलमा प्रवेश गरेको छ । कुशल भुर्तेलले राम्राे प्रदर्शन गरेपछि नेपाल पपुआ न्यू गिनीलाई हराउँदै हङकङफाइनलमा प्रवेश गरेको हाे ।

नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १९८ रन लिएको थियो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए । ३९ बल खेलेका उनले ४ चौका र ४ छक्का लिए ।

जवाफी ब्याटिङमा आएको पपुआ न्यू गिनी १६.१ ओभरमा ११३ रनमा अलआउट भयो । हिरि हिरिले सर्वाधिक २८ रन लिए । सेसे बाउले २१, टोनी उराले १३ र नोसाइना पोकनाले १२ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए । प्रतिस जिसीले २ विकेट लिए । आकाश चन्द र गुलशन झाले १–१ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top