होमपेज / खेलकुद
काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी भएकाे त्रिकोणात्मक टि–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले नेदरल्यान्डमाथि ६ विकेटको जित निकालेको छ । नेपालले १५ ओभर २ बलमा ४ विकेट गुमाउँदै १२१ रन बनाएर नेदरल्यान्डमाथि जित निकालेकाे हाे ।
नेपालकाे जितमा कप्तान रोहित पौडेल र गुल्सन झाले उत्कृष्ट साझेदारी गर्दै ८६ रन बनाएर जिततर्फ दोहोर्याएका थिए । योसँग नेपालको फाइलन खेल्ने सम्भावना बलियो बनेको छ ।