होमपेज / खेलकुद
काठमाडौं । जारी त्रिकोणीय टि–२० सिरिजको खेलमा नेदरल्याण्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेकाे नेदरल्याण्डले निर्धारित २० ओभरमा ४ विकेटको घाटामा १८४ रन बनाएको थियाे ।
नेदरल्याण्डका लागि माइकल लेभिटले ५४ रन लिए । सिब्राड एंगलब्रटले ४९, कप्तान स्कट एडवार्डसले ३३ र तेजा निदामनुरुले ३१ रन लिए । नेपालका लागि करण केसी र कुशल मल्लले १–१ विकेट लिए । नेपालले यसभन्दा पछि जवाफी ब्याटिङ गर्ने छ ।