ट्रेण्डिङ

होमपेज / खेलकुद

आज नेपाल र नेदरल्यान्ड् एकआपसमा भिड्दै

त्रिकोणात्मक टी-२० आई सिरिज

नेपालगाथा २०८० फाल्गुण १६ गते बुधबार १०:१८:०० मा प्रकाशित

काठमाडौं । त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत आज नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल अहिले बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब रहन्छ । अन्यथा अन्तिम दुई जितसँगै नेटरनरेटमा पनि भर पर्नुपर्ने हुनसक्छ । पहिलो खेलमा नेपालविरुद्ध नामिबियाले टस जितेर ब्याटिङ रोज्दै ४ विकेटको क्षतिमा २०६ रन बनाएको थियो ।

हेड टु हेड

नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म टी-२० आई खेलमा ९ खेल भएका छन् । समान ४ खेलमा जित र हार नेपालले व्यहोरेको छ । एक खेल वर्षाको कारण रद्द भएको थियो । पछिल्लो पटक नेदरल्यान्ड्स र नेपालबीच टीयुमा त्रिकोणात्मक सिरिजमा २०२१ मा तीन खेल भएका थिए ।

नेपाल फाइनलसहित दुई खेलमा विजयी भएको थियो । बास डि लिडेले ८१ रनको अविजित इनिङ खेलेपछि २०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top