ट्रेण्डिङ

होमपेज / खेलकुद

नामिबियाविरुद्ध कप्तान रोहितकुमार पौडेलले नेपाललाई दिलाए दोस्रो सफलता

नेपालगाथा २०८० फाल्गुण १५ गते मंगलबार १२:४१:३३ मा प्रकाशित

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नामिवियाविरुद्ध नेपालले दोस्रो सफलता पाएको छ । कप्तान रोहितकुमार पौडेलले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् ।

उनले ८.२ ओभरमा जेपी कोट्जेलाई विवेक यादवको हातबाट क्याच आउट गराए । विवेकले बाउन्ड्री लाइन नजिकै ड्राइभ हानेर उत्कृष्ट क्याच लिए ।

कोट्जेले आउट हुनुअघि ९ बलमा ११ रन बनाएका थिए । नामिबियाको स्कोर ४९ रन छ ।

यसअघि करण केसीले माइकल भान लिंगेनलाई आउट गरेका थिए । आउट हुनुअघि माइकल भान लिंगेनले १९ बलमा २० रन बनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top