ट्रेण्डिङ

होमपेज / खेलकुद

नेदरल्याण्ड्ससँग नेपाल पराजित

नेपालगाथा २०८० फाल्गुण १३ गते आइतबार १६:४४:४४ मा प्रकाशित

काठमाडौं । घरेलु मैदानमा भएको आईसीसी क्रिकेट विश्वकप लिग २ अनतर्गत   त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा  नेदरल्यान्ड्सले नेपाललाई आठ विकेटले हराएको छ। याे जितसँगै नेपाललाई उछिन्दै नेदरल्यान्ड्स अंक तालिकाको दोस्रो स्थानमा पुग्न सफल भएकाे छ ।

नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभरमा २ विकेट गुमाएर पूरा गएकाे हाे  । 

त्रिवि मैदान कीर्तिपुरमा नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । डच टोलीका लागि विक्रमजित सिंहले ९२ बल खेल्दै ७ चौका मदतमा अविजित रहँदै सर्वाधिक ५६ रन बनाए ।

यस्तै साएब्रान्ड एंगलब्रेक्टले७५ बल खेल्दै ३ चौका मदतमा अविजित ४६ रन बनाए । यो जोडीले तेस्रो विकेटका लागि १०२ रनको साझेदारी गरे । नेपालले दुवै ओपनरको विकेट लिएपनि त्यसपछि थप विकेट लिन नसक्दा तेस्रो हार भएकाे हो ।

नेदरल्याण्ड्सका ओपनर माइकल लेभिटले ३४ बलमा ३९ तथा म्याक्स ओ’डाउडले २६ बलमा २८ रन बनाए । नेपालका लागि ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए । त्यसभन्दा अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाएको थियो ।

नेदरल्यान्ड्सको टोली एक खेलमा नेपाल र एक खेलमा नामिबियासँग पराजित भए । चारमध्ये एक खेलमा मात्र जित हात पार्न सकेको नेपाल दुई अंकसहित तेस्रो स्थानमा छ । नेपालले एक खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो । नेपाली टोली दुई खेलमा नामिबिया र एक खेलमा नेदरल्यान्ड्ससँग पराजित भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top