ट्रेण्डिङ

होमपेज / खेलकुद

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलले अन्तिम बलमा एक रन लिंदै अर्धशतक पूरा गरे

नेपालगाथा २०८० फाल्गुण १३ गते आइतबार १२:१७:१४ मा प्रकाशित

काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेलले नेदरल्याण्ड्सविरुद्ध अर्धशतक पुरा गरेका छन् ।

आईसीसी क्रिकेट विश्वकप  लिग टूको पहिलो सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेलिरहेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निकै खराब ब्याटिङ गरेको छ ।

पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ४२ रनको साझेदारी गरेका थिए । थप ५४ रन जोड्दा ६ विकेट गुमायो ।

तर क्रिजमा टिकेर खेलेका भुर्तेलले ३१औं ओभरको अन्तिम बलमा एक रन लिंदै अर्धशतक पूरा गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top