ट्रेण्डिङ

होमपेज / खेलकुद

१८२ रनको लक्ष्य पछ्याउँदै क्यानडा

नेपालगाथा २०८० फाल्गुण १० गते बिहीबार १३:३२:१३ मा प्रकाशित

काठमाडौँ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालको ‘ए’ टोलीले ४७ ओभरमा अलआउट हुनु अघि एक सय ८१ रन बनाएको छ । काठमाडौँ स्थित मुलपानी क्रिकेट मैदानमा भइरहेकाे तेस्रो तथा निर्णायक मैत्रीपूर्ण एकदिवसीय प्रतियोगितामा नेपालको ‘ए’ टोलीले क्यानडा–११ लाई जितका लागि एक सय ८२ रनको लक्ष्य दिएको छ ।

नेपालका लागि ओपनर ब्याट्सम्यानद्वय आशुतोष घिरैया र अर्जुन कुमालले ५४ रनको साझेदारी गरेका थिए । आशुतोषले २८ रन बनाए । उनले ४३ बलको सामना गरी पाँच चौका पनि हिर्काए । अर्जुनले पनि टोलीको खातामा २७ रन थपे । उनले ५३ बलमा दुई चौका प्रहार गरे ।

कप्तान सन्दीप जोरा २४ रन बनाउँदै पेभेलियन फर्किए । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले २८ बलको सामना गरी एक छक्का र तीन चौका हाने । 

रासिद खानले टोलीको खातामा १९ रन लिए । उनले २५ बलमा एक चौका हाने  । सुजन थपलियाले ५१ बलमा एक चौकको मद्दतले २० रन जाेडे । बसिर अहमदले  २५ रन जाेडे । बसिरले ४० बलमा तीन चौका पनि हाने  ।

प्रतिस जिसीले २० बलमा एक छक्का र एक चौकाको मद्दतले १९ रन जोडे । हेमन्त धामीले ६ रन बनाए । नेपालले अतिरिक्त रुपमा १२ रन पायो । क्यानडाका बलर डिल्लन हेलिगर, निकोलस किर्तन र हर्ष ठाकेरले दुई–दुई विकेट जाेडे । कलिम साना र साद जाफरले पनि एक–एक विकेट लिए । तीन खेलको शृंखला हाल १–१ को बराबरीमा छ । तेस्रो खेलमा विजयी हुने टोलीले शृंखला आफ्नो पक्षमा लिने छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top