ट्रेण्डिङ

होमपेज / खेलकुद

नेदरल्याण्डले नामिबियालाई पराजित गर्दा नेपाल शीर्ष स्थानमा

नेपालगाथा २०८० फाल्गुण ७ गते सोमबार १६:४८:४५ मा प्रकाशित

काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गतको तेस्रो खेलमा नेदरल्याण्डले नामिबियालाई पराजित गरेको छ । नेदरल्याण्डले ७ विकेटले जित्दा नेपाल प्रतियोगिताको अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

प्रतियोगितामा अहिलेसम्म ३ खेल भएका छन् । यी खेलमा समान २ खेल खेलेका नेपाल, नेदरल्याण्ड र नामिबियाले एक खेल जित्दा अर्को खेल हारेका छन् । सँगै तीनवटै टिमको अंक २ छ र नेपाल नेट रनरेटका आधारमा तालिकाको शीर्ष स्थानमा सफल भएकाे छ ।

साेमबारको खेलमा टस हारेर पहिले ब्याटिङ गरिरहेकाे नामिबियाले ३५.१ ओभरमा अलआउट हुँदै १२३ रन बनाएको थियो । नामिबियालाई सस्तैमा समेट्न नेदरल्याण्डका आर्यन दत्तले ९ ओभरमा ३४ रन दिएर ६ विकेट बनाए । यस्तै नेदरल्याण्डका लागि केल क्लिनले २ विकेट तथा रोलोफ भान डेर मेर्वे र म्याक्स ओडोडले १–१ विकेट बनाए ।

नामिबियाका लागि जेजे स्मिटले सर्वाधिक २६ रन बनाए । रुबेन ट्रम्पलम्यानले २०, जेल ग्रिनले १९, निकोलस डेभिन र गेरहार्ड एरास्मसले १३–१३ तथा बर्नार्ड स्कोल्जले १२ रन बनाएका थिए ।

जवाफमा नेदरल्याण्डले २७.२ ओभरमा ३ विकेटको क्षतिमा १२४ रन बनायो । नेदरल्याण्डका लागि मिचेल लेभिटले सर्वाधिक ५७ रन बनाए । म्याक्स ओडोडले २८ र बेस डे लिडेले २१ रन बनाएका थिए ।

।

प्रतिक्रिया

सम्बन्धित खवर

Top