ट्रेण्डिङ

होमपेज / खेलकुद

एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा

नेपालगाथा २०८० फाल्गुण ४ गते शुक्रबार १२:५३:२० मा प्रकाशित

काठमाडौं ।नेपाली महिला टोलीले आज आयोजक मलेसियाविरुद्ध खेल्दैछ । मलेसियाको बायुमास ओभल मैदानमा हुने खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ ।

आजको खेल जितेमा नेपाली टोली एसिया कपमा छनोट हुनेछ । एसिया कपमा कूल ६ टोली खेल्नेछन् । तीमध्ये एउटा समूहमा भारत पाकिस्तान र बंगलादेश छन् । अर्को समूहमा श्रीलंका र दुई छनोट हुने टोली हुनेछन् ।

आज अर्को फाइनल जितेर युएइको महिला टोलीले दोस्रो समूहमा श्रीलंकासँगै स्थान पक्का गरिसकेको छ । अब मलेसिया र नेपालबीच हुने खेलको विजेता दोस्रो समूहको तेस्रो टोली हुँदै एसिया कपमा छनोट हुनेछ । महिला एसिया कप आगामी सेप्टेम्बरमा हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top