ट्रेण्डिङ

होमपेज / खेलकुद

नामिबियाविरुद्ध नेपालकाे चौथो सफलता

नेपालगाथा २०८० फाल्गुण ३ गते बिहीबार १४:४२:३० मा प्रकाशित

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध चौथो सफलता हात पारेको छ । सोमपाल कामीले एकै ओभरमा दुई विकेट लिएका हुन् ।  नामिबियाका कप्तान जेरहार्ड इरासमसलाई ८ रनमा आउट गरेका साेमपालले आफ्नाे अन्तिम बलमा ३४ रन बनाएर जान फ्राइलिंकलाई पनि आउट गरे ।

यसअघि ललित राजवंशीले २३ रन बनाएका ओपनर माइकल भान लिनगेनलाई आउट गरेका थिए । उनले निकोलस डाविनलाई पनि १५ रनमा आफ्नो शिकार बनाएका थिए । नामिबियाले २१ ओभरमा ४ विकेटको क्षतिमा ८२ रन बनाएको छ ।  नेपालले नामिबियासामु जीतका लागि १ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन बनाएको हो ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top