ट्रेण्डिङ

होमपेज / खेलकुद

नामिबियाविरूद्ध नेपाल सस्तैमा अल आउट

नेपालगाथा २०८० फाल्गुण ३ गते बिहीबार १३:०५:२७ मा प्रकाशित

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप लिग-२ सिजनको पहिलो खेलमा नेपाल अलआउट भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाविरूद्ध ब्याटिङ गरेको नेपाल ४१.१ ओभरमा १३२ रन बनाउँदै अलआउट भएको हो । ११ बल खेलेका आसिफ शेखले ४ रन बनाए । त्यस्तै ६ बल खेलेका अनिल साहले ८ रन बनाएर आउट भए । नेपालका कप्तान रोहित पौडेलले १३ बल खेल्दा १ रन मात्र जोडे ।

त्यसैगरी सबैभन्दा बढी ८६ बल खेलेका भीम सार्कीले सबैभन्दा बढी ४४ रनको योगदान दिए । २२ बल खेलेका कुशल मल्लले १५ रन जोडे । सोमपाल कामीले ६ बल खेल्दा २ रन मात्र बनाए । ३१ बल खेलेका गुलशन झाले २१ रन जोडे । त्यस्तै पवन सराफले २२ बल खेल्दा १२ रन बनाए भने करण केसीले ३८ बलमा १६ रनको योगदान दिए ।

नामिबियाका कप्तान जेरार्ड एरास्मसले सर्वाधिक ५ विकेट लिए । त्यसैगरी रुबेन ट्रम्पलम्यानले २ विकेट लिए भने ज्याक ब्रेसलले पनि २ विकेट लिए । निकोल लोफ्टि-इटनले भने १ विकेट लिएका थिए ।

नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, अनिल कुमार शाह, गुलशन झा, सोमपाल कामी, करण केसी र ललित राजवंशी छन् । त्यस्तै बेन्चमा सूर्य तामाङ, देव खनाल, दीपेन्द्र सिंह ऐरी र आरिफ शेख छन् । 

त्यस्तै नामिबियाको प्लेइङ ११ मा कप्तान जेरार्ड एरास्मससहित जेन ग्रिन, जेजे स्मिथ माइकल भान लिंगेन, निकोल लोफ्टि-इटन, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, टांगेनी लुंगामेनी, ज्याक ब्रेसल र बर्नार्ड स्कोल्ज छन् । बेन्चमा जेपी कोट्जे, मलान क्रुगर, बेन शिकोंगो र सन फौसी छन् ।

घरेलु मैदानमा आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को नयाँ सर्कल आजदेखि सुरु भएको हो । उक्त लिगमा २४ त्रिदेशीय शृङ्खलाअन्तर्गत पहिलो शृङ्खला नेपालमा भएको हो । आगामी सन् २०२७ सम्म चल्ने उक्त लिग–२ मा नेपालसहित आठ टोलीको सहभागिता हुनेछ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुन लागेको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top