होमपेज / खेलकुद
काठमाडौं । इतिहासमै पहिलो पटक नेपालका २ जना ब्याटरले एउटै इनिङमा शतक बनाएका छन् । सोमबार किर्तिपुरमा भएको नेपाल र क्यानडबीचको तेस्रो एकदिवसीयमा नेपालका अनिल साह र भिम सार्कीले शतक बनाएका हुन् ।
यसअघि नेपालका लागि कुनै पनि खेलमा दुई खेलाडीले एउटै इनिङमा शतक बनाउन सकेका थिएनन् । सोमबारको शतक दुवै नेपाली ब्याटरको एकदिवसीय करिअरको पहिलो शतक हो ।
यसअघि नेपालका लागि पारस खड्का, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख र कुशल मल्लले एकदिवसीय क्रिकेटमा शतक बनाएका छन् ।