ट्रेण्डिङ

होमपेज / खेलकुद

पञ्चपुरीमा फुटबल प्रतियोगिता हुँदै

प्रथम हुने टिमले एक लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने

नेपालगाथा २०८० माघ २५ गते बिहीबार १०:४८:१५ मा प्रकाशित

पञ्चपुरी । फाइभस्टार युवा खेलकुद तथा साँस्कृतिक क्लव पञ्चपुरीले यही फागुन १ गतेदेखि पञ्चपुरीको बाबियाचौरमा ‘प्रथम फाइभस्टार च्यालेन्ज कप – २०८०’ अन्तर्गत फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । खेलकुद प्रतियोगितामा विशेष चाँसो दिएको यस क्लवले माघ २८ गते बेलुका ४ बजेसम्म आफ्नो टिमलाई दर्ता गरिसक्न सबै खेलकुद प्रेमिहरुलाई आह्वान गरेको अध्यक्ष नवीन सार्कीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ । 

प्रतियोगितामा प्रथम हुने टिमले एक लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी द्वितीय हुने टिमले ५० हजार रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । टिम दर्ता गर्दा ८ हजार ५ सय एक रुपैयाँ शुल्क लाग्नुका साथै सहभागी टिमले सम्पूर्ण व्यवस्थापन खर्च आफैले व्यवस्थापन गर्नुपर्ने समेत क्लवले जनाएको छ । 

फिफाको नियमानुसार खेलाइने खेल नक आउट सिस्टममा हुनेछ । उक्त प्रतियोगितामा विपक्ष टिमका विरुद्ध प्रोटेस्टको व्यवस्था गरिएको तर यसरी प्रोटेस्ट गर्न चाहेमा खेल सकिएको एक घण्टा भित्र ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको क्लवले जनाएको छ । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top