ट्रेण्डिङ

होमपेज / खेलकुद

आहा रारा पोखरा गोल्डकपको च्याम्पियन बन्याे नेपाल आर्मी

२३औं संस्करणको

नेपालगाथा २०८० माघ २० गते शनिबार १९:५७:५९ मा प्रकाशित

पोखरा ।  आहा रारा पोखरा गोल्डकप २३औं संस्करणको फुटबल प्रतियोगिताको च्याम्पियन त्रिभुवन आर्मी क्लब बनेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा थ्री स्टार क्लबलाई ३-० ले पराजित गर्दै आर्मी पहिलोपटक च्याम्पियन बनेको हो ।

यसअघि ४ पटकसम्म फाइनल पुगेर उपाधि जित्न सकेको थिएन । आर्मीको जितमा जिलेस्पी जंग कार्की, फत्तेमान घले र बसन्त जिम्बाले एक-एक गोल गरे । जिलेस्पीले खेलको ३८औं मिनेटमा गोल गर्दै आर्मीलाई पहिलो अग्रता दिलाएका थिए ।

आर्मीका फत्तेमान घलेले खेलको ८३ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । आर्मीका लागि अन्तिम समयमा बसन्त जिम्बाले तेस्रो गोल गरेका थिए । च्याम्पियन बनेको आर्मीले १२ लाख एक हजारसहित ट्रफी हार पार्‍यो । फाइनलमा पराजित थ्री स्टारले ६ लाख एक हजारमा चित्त बुझाउनु पर्‍यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top