होमपेज / खेलकुद
काठमाडौं । आईसीसी यू-१९ विश्वकपको सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएकाे छ । नेपालले दिएको एक सय ७० रनको लक्ष्य बंगलादेशले २५.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका सुबास भन्डारी एक्लैले ५ विकेट लिए । पहिलो विकेटका लागि ६७ रनको साझेदारी गरेको बंगलादेश कुनै पनि समय दबाबमा देखिएन । बंगलादेशका अरिफुल इस्लामले अविजित ५९ रन बनाए । जिसन आलमले ५५ रन बनाए ।
त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर १६९ रन जोडेको थियो । नेपालका विशाल विक्रम केसीले ४८ र कप्तान देव खनालले ३५ रन बनाएका थिए ।
उनीहरुले चौथो विकेटका लागि ६२ रनको साझेदारी गरेपनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालले अब दोस्रो तथा अन्तिम खेलमा भारतसँग प्रतिस्पर्धा गर्ने छ ।