होमपेज / खेलकुद
काठमाडौ । यू–१९ विश्वकप क्रिकेटमा सुपर सिक्सका खेल खेल्न नपाउँदै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ । दक्षिण अफ्रिकामा जारी सुपर सिक्सका खेलमा भारत र पाकिस्तान विजयी भएसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको हो ।
मंगलबार भएको खेलमा भारत र पाकिस्तानको जितसँगै ६ अंक भएको छ । उक्त खेलमा भारतले न्युजिल्यान्डलाई २ सय १४ रन र पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटले पराजित गरेको थिायाे ।
नेपाल अंकविहीन छ । नेपालले दुवै खेलमा जित निकाले पनि ४ अंकमात्रै हुन्छ । उक्त समूहबाट शीर्ष दुई टोली सेमिफाइलनमा प्रवेश गर्नेछन् । तसर्थ नेपालको सेमिफाइनल पुग्ने सम्भावना दुई खेल अगावै सकिएको हो ।
नेपालले सुपर सिक्सको पहिलो खेलमा बुधबार बंगलादेशको सामना गर्दैछ ।