ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपाल यू–१९ क्रिकेट विश्वकपको सुपर सिक्समा

अफगानिस्तानलाई स्तब्ध बनाउदै १ विकेटको संघर्षपूर्ण रोमाञ्चक जीत

नेपालगाथा २०८० माघ १२ गते शुक्रबार २१:१६:४६ मा प्रकाशित

काठमाडाैं | यू–१९ विश्वकप क्रिकेटमा नेपालले सुपर सिक्समा स्थान सुरक्षित बनाएकाे छ ।  दक्षिण अफ्रिकामा जारी यू–१९ क्रिकेट विश्वकपअन्तर्गत शुक्रबार भएकाे खेलमा  अफगानिस्तानलाई स्तब्ध बनाउँदै नेपालले १ विकेटको जीत निकालेको हो ।

टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा सबै विकेट गुमाएर १४५ रन बनाएको थियो । १४६ रनको सामान्य लक्ष्य भए पनि नेपालले पूरा गर्न निकै संघर्ष गर्नुपरेको थियो । 

नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाएर १४९ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । ९ विकेट गुमिसकेको अवस्थामा सुवास भण्डारीले अविजित ९ रन बनाएपछि नेपालको जीत सम्भव भएको हो । कप्तान देव खनालको अर्धशतकले नेपालको जीतको आधार तयार पारेको थियो । उनले ८९ बलमा ५८ रन बनाए ।

अर्जुन कुमाल १०, विपिन रावल २ र गुलसन झा १ रनमा आउट भएका थिए । त्यसपछि कप्तान देवले पारी सम्हाल्दै जीतको आधार तयार पारेका थिए । उनी सातौं विकेटको रुपमा आउट हुन पुगेका थिए । त्यसपछि नेपालले झनै संघर्ष गर्नुपर्यो । दिपक बोहराले २७ र आकाश त्रिपाठीले बनाएको १६ रन महत्वपूर्ण रह्यो । 

यस्तै दीपक डुम्रेले ५, दीपेश कँडेलले ४ तथा आकाश चन्दले १ रन बनाए । तिलक भण्डारी शून्य रनमा अविजित रहे । अब नेपालले ’सुपर सिक्स’मा समूह ’ए’मा रहेका भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिकासँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top