होमपेज / खेलकुद
काठमाडौं । आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । ९.१ ओभरको खेल सकिँदा अफगानिस्तानले ५ विकेट गुमाएर मात्र ३४ रन बनाएको छ ।
तीव्र गतिका बलर गुलशन झाको पहिलो ओभरको चौथो बलमा अफगानिस्तानका ओपनर नौमान साह टप एज लागेर दीपक डुम्रेबाट क्याच आउट भए ।
आकाश चन्दको दोस्रो ओभरको तेस्रो बलमा एज लागेर खलिद टनिवाल विकेटकिपर विपिन रावलबाट क्याच आउट भए । दुबै ब्याटर शून्यमा आउट भएपछि अफगानिस्तान दबाबमा परेको छ ।
नेपालले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ । दीपक बोहरा र तिलकराज भण्डारीलाई खेलाएको छ । नेपालले पछिल्लो खेलमा पाकिस्तानबाट दुर्गेश गुप्ता र उत्तमथापा मगरलाई बेञ्चमा राखेको छ । तिलक लेगस्पिनर हुन् । दीपक फिनिसर हुन् ।