ट्रेण्डिङ

होमपेज / खेलकुद

वागमती प्रदेशका आशुतोषले बनाए पहिलो शतक

नेपालगाथा २०८० माघ ६ गते शनिबार १२:२६:३३ मा प्रकाशित

 काठमाडौं । वागमती प्रदेशका ओपनर आशुतोषले आफ्नो करिअरको पहिलो शतक बनाएका छन् । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशविरुद्ध उनले शतक बनाएका हुन् । 

आशुतोषले ९९ बलमा आफ्नो राष्ट्रिय स्तरको प्रतियोगितामा पहिलो शतक पूरा गरेका हुन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वागमतीले उनको शतकको सहयोगमा ३० ओभरमा २ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको छ ।

आशुतोष यसअघि पहिलो खेलमा नेपाल पुलिस क्लबविरुद्ध ९२ रनमा आउट भएका थिए । त्यो नै यसअघि उनको राष्ट्रिय स्तरमा सबैभन्दा उच्च स्कोर थियो । उनी वागमतीबाट पिएकपमा शतक हान्ने ज्ञानेन्द्र मल्लपछि दोस्रो खेलाडी बनेका छन् । यसअघि ज्ञानेन्द्रले वागतमीबाट २०१९ मा टियु मैदानमा एपीएफविरुद्ध १ सय १७ रनको शतकीय इनिङ खेलेका थिए ।

दोस्रो विकेटका लागि आशुतोष र कप्तान रित गौतमले १ सय ३१ रनको शतकीय साझेदारीका साथ विशाल योगफलको आधार तय गरेका छन् । अभ्यास तिमिशिनाका २९ औं ओभरको तेस्रो बलमा रित एज लागेर विकेटकिपर सोनु अन्सारीबाट ४९ रनमा क्याच आउट भए । उनले ६० बलमा ३ चौका प्रहार गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top