होमपेज / खेलकुद
काठमाडौं । त्रिभुवन आर्मी क्लबका साहब आलमकाे घातक बलिङका कारण कोशी प्रदेश ८८ रनमा अल आउट भएको छ । आलम एक्लैलै ६ विकेट लिएको खेलमा कोशी प्रदेश २४.४ ओभरमा ८८ रन बनाउँदै अलआउट भएको हो ।
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आलमले ६.४ ओभरमा ३ मेडनसहित मात्र १४ रन दिएर ६ विकेट लिएका हुन् । कोशीका लागि कप्तान अंकित सुवेदीले सर्वाधिक ४१ रन बनाए । उनले ३७ बलमा ९ चौका प्रहार गरेका हुन् ।